समाज


छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न

छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार २१:१८, धनुषा

मिथिलाञ्चलको महान् चाड छठ पर्वअन्तर्गत शनिबार (कात्तिक ८) नहाय खाय विधि सम्पन्न गरिएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा बर्तालु महिलाले सूर्यदेवको आराधना गर्दै जलाशयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि सम्पन्न गरेका हुन्। 

यो विधिअन्तर्गत बर्तालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी गीतादेवी साहले बताइन्।

नहाय खाय सम्पन्न गरेपश्चात् बर्तालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन उस्ताउँदो सूर्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ।

तराई मधेसवासीको मुख्य चाड छठलाई उत्साहका साथ मनाउनका निम्ति तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताइन्। पोखरी र घाटको सरसफाइ, सजावटलगायत अरू व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उनले जानकारी दिइन्।

स्थानीय बजारमा छठका निम्ति केरा, नरिवल, नैवेद्यलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ। रासस 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad