नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला आफ्नो घरमा थुप्रै बहुमूल्य सामान जलेको तर अब त्यसलाई सम्झेर नबस्ने बताएका छन्।
बुधबार बालकोटस्थित आफ्नो घर आवलोकन गर्न पुगेका उनले आफनो श्रीमतिलाई भने हरेक समान कहाँ राखेको थिएँ भन्ने पनि याद रहेको बताए।
‘म धेरै सम्झिएर झनझट गर्न चाहान्नँ, अब गो अहेड,’ ओलीले भने, ‘तर, मेरो श्रीमतिलाई हरेक सामान कहाँ राखेको थिएँ भन्ने पनि थाहा छ।’
जलेको घर पुनर्निर्माण गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले कुनै स्पष्ट जवाफ भने दिएनन्।
यद्यपि उनले आफूले संग्राहलय गराउने गरि पहिले नै सरकारलाई हस्तान्तरण गरिसकेकाले आफूले त्यसमा केही पनि गर्न नपाउने बताए।
180
Shares

प्रतिक्रिया