समाज


खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी

खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १३:४२, जुम्ला

संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार पारेको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ।

खस भाषाको उद्गमस्थलका रुपमा परिचत जुम्लासहित कर्णाली क्षेत्रका जनताले ४० हजार शब्दसहितको महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक प्रकाशन भएकामा लेखक तथा कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिएका छन्। 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित उक्त पुस्तकले खस भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउन पुस्तकका लेखक आचार्यले जानकारी दिए। 

चन्दननाथ नगरपालिका–१ निवासी संस्कृतिविद् रमानन्द आचार्यले पुस्तक तयार गर्नेक्रममा सम्बद्ध पक्ष र क्षेत्रसँग १७ वर्षसम्म भएको छलफल तथा भेटघाटलाई समेत आधार बनाएर प्रकाशन गरिएको पुस्तकले खस भाषाको संरक्षण र सम्वद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषा शब्दकोषका रुपमा प्रकाशित सो पुस्तक सार्वजनिक गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad