समाज


आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै

आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८२ बुधबार ६:१७, काठमाडौँ

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गोरु तिहार पर्व मनाइँदैछ।  

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ। 

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।

पछिल्लो समय प्रविधिको विकाससँगै खेतीको लागि किसानले गोरु पाल्ने चलन कम हुँदै गएको छ। कतिपय पालिकाले हल गोरु पाल्ने किसालाई प्रोत्साहको लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गर्न थालेका छन्। 

गोवर्द्धन पूजा
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। 

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। 

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad