झापामा एक पुरुषमा कोरोना संक्रमण भेटिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
उनको अवस्था सामान्य रहेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।
अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ। यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको छ।
१० जना निको भएर घर फर्किइसकेका छन्।
3
Shares
प्रतिक्रिया