भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा १ हजार ५८० वटा कार्यालय तथा निजी घरमा क्षति पुगेको छ।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार आन्दोलनकारीको आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण हो। जसमा सरकारी कार्यालयतर्फ ६८८ वटामा क्षति पुगेको छ।
यस्तै ३०७ वटा प्रहरी कार्यालय पनि आन्दोलनमा ध्वस्त पारिएको छ। २५९ व्यक्तिका निवासमा पनि क्षति पुगेको छ। १२८ वटा व्यापारिक प्रतिष्ठान र १९८ वटा राजनीतिक दलका कार्यालयमा क्षति पुगेको पनि सेनाले जानकारी दिएको छ।
यी मध्ये केही घर तथा कार्यालयहरू पुनर्निर्माणसमेत भइसकेका छन्। खासगरी प्रहरी कार्यालयहरु छिटो तयार गरिएका छन्।
उपत्यकामा क्षति पुगेका प्रहरी कार्यालयहरु मर्मत गरेर प्रहरी सेवामा फर्किइसकेको छ। आन्दोलनको एक महिनापछि नेपाली सेनाले क्षतिको विवरणसहित घटना विवरण सार्वजनिक गरेको हो।
Shares

प्रतिक्रिया