समाज


उदयपुर भुल्केका कोरोना शंकास्पद ५१३ काे पीसीआर परीक्षण, अब १०० रिपोर्ट आउन बाँकी

उदयपुर भुल्केका कोरोना शंकास्पद ५१३ काे पीसीआर परीक्षण, अब १०० रिपोर्ट आउन बाँकी

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १०:६,

नेपालको कोरोना केन्द्रजस्तै बनेको प्रदेश २ मा पर्ने उदयपुरको भुल्के क्षेत्रका ५ सयभन्दा बढी व्यक्तिको नुमना (स्वाब) पीसीआर परीक्षणमा  गइसकेकाे छ। तीमध्ये बिहीबारसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीपक पहाडीले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार अहिलेसम्म त्यस क्षेत्रका ५ सय १३ जनाको नमुना संकलन गरी पीसीआरका लागि विभिन्न प्रयोगशालामा पठाइएको छ।

‘तीमध्ये बिहीबारसम्मको तथ्यांकअनुसार ४ सयभन्दा केही बढीको नजिता आइसकेको छ भने २८ जना संक्रमित पुष्टि भइसकेका छन्,’ सीडीओ पहाडीले टेलिफोनमा भने, ‘अब सयको हाराहारीमा रिपोर्ट आउन बाँकी छ।’

र्‍यापिड टेस्ट (रगतमा एन्टिबडी पत्ता लगाउने) लाई भन्दा पीसीआर (नमुनामा कोरोना भाइरस छ कि छैन भनेर हेर्ने) परीक्षणलाई जोड दिइएकाे उनले बताए। ‘हिजो (बिहीबार) मात्र भुल्केभन्दा केही तलको बस्तीबाट ७८ जनाको नमुना संकलन गरिएको छ, ’ सीडीओ पहाडीले जानकारी दिए।

भुल्केसहित आसपास क्षेत्रमा सिल जारी
प्रमुख जिल्ला अधिकारी दीपक पहाडीका अनुसार भुल्केसहित आसपासका क्षेत्रमा सिल जारी नै छ।

‘त्यहाँ हामीले सुरक्षाकर्मी तथा स्थानीय समूहसमेत परिचालन गरेका छौं,’ उनले भने, ‘ती क्षेत्रका सबैको नमुना परीक्षण गरेर निचोडमा नपुगेसम्म सिल जारी नै रहनेछ।’

यसैबीच इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले त्यस क्षेत्रमा प्रादेशिक टोली र केन्द्रबाट गएका प्रतिनिधिको संयुक्त टोलीले ट्रेसिङ (संक्रमितको खोजी) गरिरहेको जानकारी दिएका छन्।

‘हाम्रो टोली त्यहाँ केही दिनदेखि नै विशेष अनुगमनमा खटिरहेको छ,’ उनले भने।

याे पनि: 

सिरहा र सप्तरीका सीमा-नाका सिल, वीरगन्जबाट ४० भारतीय पक्राउ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad