कोरोना भाइरस (कोभिड(१९) सँग सम्बन्धित विषयवस्तुमा बालबालिकालाई लक्षित गरी चर्चित हाँस्यप्रधान कार्यक्रम ‘पवनकली सो’ सुरु हुने भएको छ। सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा ‘पवनकली सो’ कार्यक्रम प्रशारणमा आउन लागेको हो।
कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भएपनि समग्र श्रोता/दर्शकले पनि मनोरञ्जन र सूचनाहरु प्राप्त गरी लाभ लिन सक्नेछन्। कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ। ‘पवनकली सो’ कार्यक्रम १४ वैशाखदेखि हरेक आइतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुनेछ।
‘कोभिड–१९ का कारण सिर्जित अहिलेको विषम परिस्थितिमा सञ्चार माध्यमहरुमा बालमैत्री सूचनामूलक सामग्रीको आवश्यकतालाई महसुस गरेर सेभ द चिल्ड्रेनले ‘पवनकली सो’ कार्यक्रमसँग सहकार्य गरी बालबालिका र समग्र श्रोतारदर्शकलाई लक्षित सामग्रीहरु प्रशारण गर्न लागिएको हो’ सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालको भनाई छ।
चर्चित रंगकर्मी तथा नायिका लुनिभा तुलाधरले ‘पवनकली सो’ कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

प्रतिक्रिया