समाज


राशिफल ३१ असोज : मीनको प्रेम फक्रने, धनु समाजमा लोकप्रिय, तपाईँको भाग्य कस्तो?

राशिफल ३१ असोज : मीनको प्रेम फक्रने, धनु समाजमा लोकप्रिय, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
असोज ३१, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, ३१ असोज २०८२ (१७ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष: भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी बढ्नेछ। नियमित खर्च बढ्ने योग छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आर्थिक कारोबारमा फाइदा होला। साँझमा अनावश्यक ठाउँमा धन खर्च हुनेछ। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७९१, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कर्कट: जोस, जाँगर र हिम्मत बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्यका खातिर खर्च बढ्न सक्छ। संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

सिंह: नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दु:ख दिन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

तुला: खेल र मनोरञ्जनमा सहभागी भइएला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्चमा वृद्धि होला।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

धनु: कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ला। समाजमा लोकप्रिय भइनेछ। नयाँ कामको योजना समेत बन्ने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ: धनार्जनका नयाँ स्रोतका लागि विचार विमर्शमा लागिनेछ। नजिकको मित्रसँग भेटघाट होला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ३९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad