समाज


सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ

सर्वसाधारणलाई दिल्ली लगेर मिर्गौला बिक्री गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ

नेपालखबर
असोज २८, २०८२ मंगलबार ७:२३, काठमाडौँ

नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा सोमबार दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेका परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। 

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad