ad ad

समाज


बिहीबार नेपालमा भेटियो थप ३ जना कोरोना संक्रमित, कूल संख्या ४८ पुग्यो

बिहीबार नेपालमा भेटियो थप ३ जना कोरोना संक्रमित, कूल संख्या ४८ पुग्यो

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १५:२८,

नेपालमा आज (बिहीबार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उदयपुरका ५५ वर्षीया महिला, जनकपुरका १४ वर्षीय किशोर र भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

कोरोना अपडेटको नियमित पत्रकार सम्मेलनअन्तर्गत दिउँसो सवा ४ बजेतिर दुई जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको स्वास्थ्य मन्त्रालयले राति करिब ८ बजेतिर पुन: आफ्नो फेसबुक पेजमार्फत थप १ जना २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

योसमेत गरेर आज एकै दिन तीन जना कोरोना संक्रमित फेला परेका हुन्।

आजको समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ।

तर यीमध्ये १० जना निकाे भइसकेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .