राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षाको व्यवस्थालाई मजबुत बनाउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दैै मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन्जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका हुन्।

12
Shares

प्रतिक्रिया