लगातार वर्षाका कारण २ दिनदेखि बन्द गरिएको पृथ्वी राजमार्ग आज असोज १९ देखि एकतर्फी रूपमा खुलाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार बिहान सूचना जारी गरी क्रमिक रूपमा मौसम सुधार हुँदै गएकाले पृथ्वी राजमार्गमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न दिइएको जानकारी दिएको हो।
हेर्नुहोस् सूचना-
जिल्ला प्रशासन कार्यालय काठमाडौँ
विषय:- यातायात सुचारु गर्नेसम्बन्धी सूचना।
विगत २ दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधनहरू, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधनहरू र काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडातर्फ जाने सवारीसाधनहरूलाई पूर्ण रूपमा बन्द गरिएको यहाँहरूलाई विदितै छ। सोही सम्बन्धमा हाल मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौँ दक्षिणकाली सडकखण्डका पहिरोहरू पन्छाएर सडक सुचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको छ। अहिले विभिन्न ठाँउहरूमा पहिरो पन्छाई एकतर्फी रूपमा सवारी सञ्चाचालनको लागि आवश्यक तयारीको कार्य भिइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोटसमेतका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त हुन आएकोले यसै सूचनाको आधारमा सडकमा यात्रुहरूको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरूमा आवागमन एकतर्फी रूपमा खुला गरिएको छ। सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इशारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउनुहुन अनुरोध छ।

Shares

प्रतिक्रिया