समाज


इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो

नेपालखबर
असोज १९, २०८२ आइतबार १२:२७, काठमाडौँ

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।  जिल्लाको ६ वटा पालिकामा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।  

प्रहरीका अनुसार सूर्याेदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ नगरपालिकामा ८ जनाको मृत्यु भएको हो।  

प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

पहिरोका कारण दर्जनौं घरहरू पुरिएका छन् भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad