समाज


जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने, उपचारका लागि अस्पताल तोक्ने

जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने, उपचारका लागि अस्पताल तोक्ने

नेपालखबर
असोज ११, २०८२ शनिबार १५:३०, काठमाडौँ

सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ।

घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले बताएकोछ। 

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ। 

त्यस्तै घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ।

पुनः चेकजाँचका  लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। 
No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad