समाज


मुग्लिन-नारायणगढ सडक तत्काल नखुल्ने, यसरी खसिरहेको छ पहिरो (भिडिओ)

चितवन प्रशासनको चेतावनी : जोखिम मोलेर यात्रा नगरौँ, ज्यान बचाऔँ
मुग्लिन-नारायणगढ सडक तत्काल नखुल्ने, यसरी खसिरहेको छ पहिरो (भिडिओ)

नेपालखबर
असोज ७, २०८२ मंगलबार २०:२५, काठमाडौँ

मंगलबार साँझ ५ बजेतिर तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खस्दा बन्द भएको मुग्लिन-नारायणगढ सडक तत्काल खुल्ने सम्भावना नदेखिएकाले सवारीसाधन तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न चितवन जिल्ला प्रशासन कार्यालयले सुझाव दिएको छ। 

चितवन प्रशासनले मंगलबार राति सूचना जारी गरी वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैँडाकोट, धादिङ जिल्लाको नौबिसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटार भएर यात्रा गर्न सल्लाह दिएको हो। 

सूचनामा चेतावनी दिँदै भनिएको छ, ‘जोखिम मोलेर यात्रा नगरौँ, ज्यान बचाऔँ, यात्रा पछि गरौँला, घुमेरै यात्रा गरौँ, बाटो खुल्ने आशामा आफैँ दुःख हैरानीमा नपरौँ। तत्कालका लागि यो बाध्यात्मक विकल्प हो, सडक खुलाउन हरदम प्रयत्न गरिरहेका छौँ। आवागमन सम्भव भएपश्चात् पुनः सूचना गर्ने नै छौँ।’

स्थानीय प्रशासनका अनुसार यस विषयमा जानकारी एवं सूचना लिन जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक श्री रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी, मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) सँग सम्पर्क गर्न सकिनेछ। 

हेर्नुहोस् पहिरो खसेको भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad