ad ad

समाज


राष्ट्रसंघले भन्योः काेराेनाका कारण गरिबी र भोकमरी दोब्बर हुने देखिन्छ

राष्ट्रसंघले भन्योः काेराेनाका कारण गरिबी र भोकमरी दोब्बर हुने देखिन्छ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १७:३१,

कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभाव झेल्नुपर्ने मानिसको संख्या झण्डै दोब्बर हुन सक्ने प्रक्षेपण गरिएको छ।

कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको संख्या दोब्बर हुन सक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले मंगलबार चेतावनी दिएको हो।

डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न सङ्कटबारे नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि यो चेतावनी आएको हो। ‘कोभिड– १९ का कारण विश्वव्यापी रूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने मानिसको संख्या २६ करोड पुग्ने देखिएको छ,’ विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिन सक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ।

सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता भएको मानिसको संख्या १३ करोड ५० लाख रहेकामा सन् २०२० मा अरू १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो।

खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोनाभाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य सङ्कटसँगै विश्वव्यापी रूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यावसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा सङ्क्रमणपछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोनाभाइरस सङ्क्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ।

प्रतिवेदनमा कोरोना भाइरस सङ्क्रमण सुरु हुनुअघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको पनि उल्लेख गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .