लकडाउन भएको २९ दिनपछि काठमाडौँको जडिबुटी र भक्तपुरको लोकन्थलीमा जम्मा भएका १५ सय भन्दा धेरै यात्रु मंगलबार राति आ आफ्नो घर फर्केका छन्।
प्रहरीले राति ८ बजेतिर सडकमा रोकिएका बसलाई जाने अनुमति दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विजय कार्कीले लेखेका छन्।
काठमाडौँमा विभिन्न पेसा र व्यवसाय गरी बसेका नागरिकलाई घर लैजान स्थानीय तहको अघोषित आहवनपछि भक्तपुर र काठमाडौँको सीमानाका जडिबुटी तथा लोकन्थलीआसपासका क्षेत्रमा यात्रुको भिड लागेको थियो।
भिडमा महिना दिनको शिशु बोकेका सुत्केरीदेखि ८० वर्षे वृद्धवृद्धासम्म थिए। यात्रुको भिड लागेपछि प्रहरीलाई व्यवस्थापन गर्न हम्मे परेको थियो।
झोला बेकेर घर जान प्रतिक्षामा रहेका उनीहरुमध्ये कमैको मुखमा मात्र मास्क थियो।
प्रतिक्रिया