समाज


राशिफल ६ असोज : मेषलाई लाभहानि बराबर, वृषको लुकेको प्रतिभा प्रस्फुटन, तपाईँको भाग्य कस्तो?

राशिफल ६ असोज : मेषलाई लाभहानि बराबर, वृषको लुकेको प्रतिभा प्रस्फुटन, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
असोज ६, २०८२ सोमबार ४:१९, काठमाडौँ

आज सोमबार, ६ असोज २०८२ (२२ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: लाभहानि बराबर हुनेछ। परिवारलाई समय दिन सकिनेछ। शुभकार्यको चर्चा चल्ला। धैर्यतापूर्वक काम गर्नु पर्ने देखिन्छ। आजको मन्त्र- सन्तुलन नै शाश्वत शक्ति हो।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष: धैर्य गरी मेहनत गरेमा कार्यसिद्धि हुनेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट प्रतिफल आउनेछ। मित्रबाट विशेष सहयोग मिल्ला। लुकेको प्रतिभा प्रस्फुटन हुनेछ। सुखसुविधा भोग गर्न पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: घर व्यवहारमा झमेला आउन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय छ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। वैदेशिक कार्य राम्रो हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछन्।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। सुखसुविधा भोग गर्न पाइएला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीको स्रोत बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: कुनै समाचारले मनमा शान्ति छाउनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

तुला: शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। साँझमा सुखद भेट रहनेछ। आजको मन्त्र- गहिराइमै साँचो शक्ति लुकेको हुन्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीको सहयोग पाइनेछ। नयाँ कामको थालनी होला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मकर: प्राविधिक कार्य सफल हुनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: मिश्रित फल मिल्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। सन्तान तथा परिवारमा मेलमिलाप राम्रै हुनेछ। आजको मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मीन: बन्धुबान्धवबाट सहयोग मिल्नेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad