समाज


एसपीको ड्रेस लगाउने व्यक्ति पक्राउ

एसपीको ड्रेस लगाउने व्यक्ति पक्राउ

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २१:३२, पोखरा

जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको ड्रेसको दुरुपयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई केही दिनअघि पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट मुद्दासमेत चलाइएको छ। सोमबार अदालत खुलेपछि म्याद थप गरिएको हो।

२४ गते साँझ आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्दै आगजानी गरेका थिए। डोजरसहित कार्यालय जलाउन पुगेका थिए।

हिरासतबाट १२५ जना थुनुवा भागेका थिए। जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए। सोही क्रममा ती व्यक्तिले एसपीको पोशाक झिकेर लगाएका थिए।

मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगजानी भएका संरचनाहरूको अवलोकन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका थिए। सोही क्रममा एसपी श्यामबाबु ओलियाले मुख्यमन्त्रीलाई ब्रिफिङ गरेका थिए। अहिलेसम्म उनको परिचय गोप्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad