समाज


रास्वपाले संविधान दिवसमा जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने

रास्वपाले संविधान दिवसमा जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ने

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २१:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवस (असोज ३ गते) का दिन जेनजी प्रदर्शनका क्रममा शाहदत प्राप्त सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको प्रवक्ता मनीष झाले जनाएका छन्।

बैठकले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा असोज १ गते शोक दिवसका रूपमा मनाउन पार्टी कार्यालयमा बिदा दिने तथा कार्यालयमा राष्ट्रिय र पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ। 

रास्वपाले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्र सफाई एवं पुनःनिर्माणमा सघाउन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

यस्तै, असोज २ गतेदेखि पार्टी गतिविधि नियमित सुचारु गर्ने पनि जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad