जेनजी आन्दोलनमा घाइते भएका २०८ जनाको उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदर्शनमा घाइते भएका २०८ जनाको ३३ अस्पतालमा उपचार भइरहेको जनाएको हो। मन्त्रालयले काठमाडौँ उपत्यकामा भित्र १७ र उपत्यकामा बाहिर १६ अस्पतालमा उपचार भइरहेको जनाएको हो।
सबै भन्दा धेरै ट्रमा सेन्टरमा २८ जना घाइतेकहरुको उपचार भइरहेको छ। नेपाल पुलिस अस्पतालमा २२, त्रिवि शिक्षण अस्पतालमा र काठमाडौँ मेडिकल कलेजमा १८,१८ जना घाइते छन् भने, मनमोहन काडियोथोरासिकमा १० जना घाइतेहरुको उपचार भइरहेको छ।
सिभिलमा ९ र वीर अस्पतालमा ७ जनाको उपचार भइरहेको छ। त्यस्तै झापाको बी एन्ड सी अस्पतालमा १७ जना घाइतेको उपचार भइरहेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर २ हजार ३१६ जना घाइते भएको मन्त्रालयले जनाएको छ। ती मध्ये १ हजार ९४७ जना निको भएर डिस्चार्ज भएका छन्। सरकारका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीवन्दी, ३ जना प्रहरीसहित ७२ जनाको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया