समाज


काठमाडौँ जिप्रका सेवा दिन नसक्ने अवस्थामा, यी ३ कामका लागि गरियो वैकल्पिक व्यवस्था

काठमाडौँ जिप्रका सेवा दिन नसक्ने अवस्थामा, यी ३ कामका लागि गरियो वैकल्पिक व्यवस्था

नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:४०, काठमाडौँ

काठमामाडौँ जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनकारीहरूले गरेको आगजनीका कारण कार्यालयको अधिकांश संरचना र अभिलेख जली नष्ट भएको छ। 

यसका बाबजदु पनि सेवाहरूलाई पूर्ववत रूपमा सञ्चालन गर्न अधिकतम प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कार्यालयले आइतबार जारी गरेको सूचनामा हालको विषम परिस्थितिमा सबै सेवाहरू यथावत रूपमा सञ्चालन गर्न सम्भव नभए पनि अत्यावश्यक सेवा प्रवाहका लागि वैकल्पिक व्यवस्था गरेको बताएको छ। 

कार्यालयले उपलब्ध गराउने सेवासम्बन्धी जानकारी यस्तो छः

राहदानी वितरणः २०८२ भाद्र ६ अगाडि फोटो खिचिसकेका सेवाग्राहीलाई राहदानी लिन २०८२ भाद्र ३१ देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

शान्ति सुरक्षा सेवाः शान्ति सुरक्षासम्बन्धी सबै सेवा नियमित रूपमा सञ्चालन हुने।

राष्ट्रिय परिचयपत्रः अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबारस्थित सेवा इकाईबाट सेवा लिन सकिने।

राहदानी अत्यावश्यक सेवाः त्रिपुरेश्वरस्थित राहदानी विभागबाट सेवा लिन सकिने।

माथि उल्लिखित सेवा वाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad