ad ad

समाज


कोरोना अपडेट : मृतकको संख्या १ लाख ७० हजार नाघ्यो

कोरोना अपडेट : मृतकको संख्या १ लाख ७० हजार नाघ्यो

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ०:४७,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ।

गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ७० हजार ३ सय ७० पुगेको छ। यो मंगलबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो।

विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ।

संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ। अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्। अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ।

त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन्।

युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .