समाज


सञ्चारकर्मीमाथि ठाउँ ठाउँमा धम्की, सञ्चारगृहमा तोडफोड र आगजनी

सञ्चारकर्मीमाथि ठाउँ ठाउँमा धम्की, सञ्चारगृहमा तोडफोड र आगजनी

नेपालखबर
भदौ २६, २०८२ बिहिबार २१:१८, काठमाडौँ

जेनजीको आन्दोलनसँगै प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि भइरहेका नेपाल पत्रकार महासंघले जनाएको छ।  

बिहीबार साँझ प्रकाशित विज्ञप्तिअनुसार महासंघमा प्रेस स्वतन्त्रता हननका थप घटना भएको जानकारी प्राप्त भएको छ।

तोडफोड र आगजनी
१) इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड
२) चितवतस्थित सफल खबर डटकम र चुरे सन्देशको कार्यालयमा लुटपाट र आगजनी
३) चितवनस्थित कालिका एफएममा तोडफोड  र सञ्चार सामग्रीमा आगजनी

४) चितवनमै पत्रकार सन्तोष देउजाको घरमा लुटपाट र आगजनी
 
दुर्व्यवहार तथा धम्की
५) सर्लाहीस्थित मलंगवामा रहेको वंशल प्रहरी विटमा भएको आगजनीको समाचार संकलनमा पुगेका मेरो शान टिभीका पत्रकार राजीव साहमाथि दुर्ववहार
६) नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाका पूर्व अध्यक्ष मोतिराम तिमिल्सिनाको घर अगाडि बम राखियो। बम डिष्पोज भए पनि धम्की आइरहेको।

सञ्चार गृह र पत्रकारमाथि भइरहेका घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा र खेद प्रकट गरेको छ।

साथै, उल्लेखित प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग महासंघले आग्रह गरेको छ।

अन्यथा प्रेसको संवैधानिक अधिकार र जनतालाई सूचना प्रवाह गर्ने दायित्वका लागि आन्दोलनमा उत्रन बाध्य हुने महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad