बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा भएको झडपमा परेर पाँच जनाको मृत्यु भएको छ।
कारागारका प्रमुख जालन्धर भुसालका अनुसार घटनामा अन्य सात जना घाइते भएका छन्।
बुधबार बालबिज्याइँकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो।
त्यसक्रममा कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका स्थानीय प्रशासनले जनाएको छ।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन्।
झडपमा घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको जेल प्रशासनले जनाएको छ। झडपमा घाइते भएकामध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो।
183
Shares

प्रतिक्रिया