समाज


नेपालमा कोरोना संक्रमित नेपालीभन्दा भारतीय धेरै

नेपालमा कोरोना संक्रमित नेपालीभन्दा भारतीय धेरै

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ७:२७,

चार जना निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमितमा नेपालीभन्दा भारतीय धेरै भएका छन्।संक्रमण पुष्टि भएका ३१ बिरामीमध्ये कोरोनामुक्त हुने चारै जना नेपाली हुन्। अब बाँकी २७ संक्रमितमा नेपाली १२ छन् भने भारतीय १५ जना छन्।

ती भारतीयमध्ये उदयपुरमा संक्रमित देखिएका १२ जनाको विराटनगर र पर्सामा संक्रमित भेटिएका ३ जनाको वीरगन्जमा उपचार भइरहेको छ।

गत चैत ३० गते संक्रमण पुष्टि भएका ३ भारतीय वीरगन्ज महानगरपालिका-२ मा रहेको मस्जिदमा फेला परेका थिए। वीरगन्जका २ मस्जिदमा बसेका २२ भारतीयमध्ये ३ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो। अरूलाई क्वारेन्टिनमा राखिएको छ। संक्रमिता तीन जना भने नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन्।

यस्तै उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयमा यही वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सँगै रहेका एक नेपाली पनि संक्रमित भएका छन्। उनी पनि अहिले उनीहरूसँगै विराटनगरस्थित कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन्। यही समूहमा डुलेका अन्य तीन नेपाली मोरङको टाँडीस्थित क्वारेन्टिनमा छन्।

आइतबार सेती अस्पतालबाट एक युवक डिस्चार्ज भएँगै नेपालमा कोरोना संक्रमित ३१ मध्ये कोरोनाबाट मुक्त हुनेको संख्या ४ पुगेको हो। सेती अस्पतालमा अन्य चार कोरोना संक्रमितको उपचार जारी छ।

यसअघि शनिबार काठमाडौंको टेकु अस्पतालबाट १९ वर्षीया युवती र बागलुङको धौलागिरी अञ्चल अस्पतालबाट ६५ वर्षीया महिला कोरोना संक्रमण निको भएर घर फर्किएका थिए। सुरुमा संक्रमित पुष्टि भएका एक युवक भने योभन्दा निकै अगाडि टेकु अस्पतालमा उपचारपछि निको भएर आफ्नो काममा फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना आशंकामा देशमा अहिलसम्म ८ हजार ८१ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। जसमध्ये ८ हजार ५० जनामा संक्रमण नरहेकाे पुष्टि भएकाे छ। 

यस्तै हाल नेपालका विभिन्न अस्पतालको आइसोलेसन कक्षमा १ सय ३ जना उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .