समाज


सरकारले खुलायो सामाजिक सञ्जाल

सरकारले खुलायो सामाजिक सञ्जाल

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ६:५५, काठमाडौँ

जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।

जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो। 

त्यस क्रममा सोमबार साँझसम्म काठमाडौँ उपत्यकामा १७ र बाहिर २ गरी १९ जना मारिएको प्रहरीले जनाएको छ भने जेनजी आन्दोलनले भने मारिएका युवाको संख्या २० भन्दा माथि नै रहेको दाबी गरेको छ। 

तर यो खबर लेख्दासम्म कसैले मृतक र घाइतेको एकिन विवरण दिन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad