समाज


स्वास्थ्य मन्त्रालयले भन्योः घाइतेको उपचारमा रगत अभाव भए १११५ मा फोन गर्नू

स्वास्थ्य मन्त्रालयले भन्योः घाइतेको उपचारमा रगत अभाव भए १११५ मा फोन गर्नू

नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:२५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरूको उपचारमा रगत अभाव हुन नदिने जनाएको छ। 

मन्त्रालयले आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन १११५ हटलाइनमा फोन गर्न भनेको हो। 

मन्त्रालयले कुनै पनि अस्पतालमा रगतको अभाव भएमा अस्पतालले सिधै १११५ मा फोन गरेर रगत उपलब्धताबारे जानकारी पाउन सक्ने जनाएको हो।

‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो।

तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

सोमबार भएको प्रदर्शनमा २० जनाको ज्यान गएको छ भने २६० भन्दा बढी घाइते भएका छन्। 

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad