आज सोमबार, २३ भदौ २०८२ (८ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: आज मनोरञ्जन क्षेत्रमा गरिएको लगानीबाट लाभ प्राप्त हुनेछ। आदर्श व्यक्तिसँग सहकार्य गर्दा नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ र प्रेम सम्बन्धमा मधुरता आउनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेममा ६३, व्यापारमा ७४, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१, शिक्षामा ६०, स्वास्थ्यमा ५२ र यात्रामा ५७ प्रतिशत सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले भोकालाई भोजन दिनु शुभ हुनेछ भने खैरो रङ प्रयोग नगर्नुहोस्।
वृष: आफन्तको प्रगतिले मन रमाउनेछ र धर्मकर्म, परोपकार र समाजसेवामा रुचि बढ्नेछ। सेयर बजारमा नयाँ योजना बन्नेछ र पुनर्मिलनको अवसर मिल्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेममा ६९, व्यापारमा ६६, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४, शिक्षामा ६१, स्वास्थ्यमा ७७ र यात्रामा ५१ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गर्नु शुभ हुनेछ भने निलो रङ प्रयोग नगर्नुहोस्।
मिथुन: चिताएको काममा तीव्रता आउनेछ र धार्मिक यात्राको अवसर प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ र वैदेशिक कार्य अघि बढ्नेछ। सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ भने प्रेमीको सहयोग पाइनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेममा ५९, व्यापारमा ६०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३, शिक्षामा ६२, स्वास्थ्यमा ७४ र यात्रामा ७७ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खानु शुभ हुनेछ भने लामो यात्रा नगर्नुहोस्।
कर्कट: आज शरीर भारी र मन अस्थिर रहने संकेत छ। नियम र अनुशासन बेवास्ता गर्दा अवसर गुम्न सक्छ र आफन्तसँग मनमुटाव बढ्न सक्छ। सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेममा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१, शिक्षामा ४५, स्वास्थ्यमा ३७ र यात्रामा ३६ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिनु शुभ हुनेछ भने छलकपट नगर्नुहोस्।
सिंह: पारिवारिक सद्भाव बढ्नेछ र सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने खानपिनमा विविधता पाइनेछ। कृषि कार्यमा प्रगति हुनेछ र विश्वासपात्रले काममा साथ दिनेछन्।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेममा ५८, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२, शिक्षामा ६४, स्वास्थ्यमा ७९ र यात्रामा ७४ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले वृक्षारोपण गर्नु शुभ हुनेछ भने उत्तर दिशातर्फ यात्रा नगर्नुहोस्।
कन्या: नयाँ कार्यको योजना बन्नेछ र सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ र आँटेको काम पूरा हुनेछ। धार्मिक कार्यमा सहभागी भइनेछ र बोलीको प्रभाव बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेममा ७८, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६, शिक्षामा ४०, स्वास्थ्यमा ५१ र यात्रामा ५८ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहनेछ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्नु शुभ हुनेछ भने तामसीक भोजन नगर्नुहोस्।
तुला: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ र विदेशबाट राम्रो समाचार पाइनेछ। राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ भने काम गर्ने उत्साह बढ्नेछ। पुँजी बजारले पनि साथ दिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेममा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ४९, शिक्षामा ७९, स्वास्थ्यमा ६२ र यात्रामा ५८ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले भगवान् शंकरको दर्शन गर्नु शुभ हुनेछ भने सजिलै अरुको विश्वास नगर्नुहोस्।
वृश्चिक: आज प्रेम सम्बन्धमा खिन्नता बढ्नेछ र मन भावुक तथा उत्ताउलो बन्न सक्छ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च बढ्नेछ तर मध्याह्नपछि दाजुभाइ र दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेममा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१, शिक्षामा ३९, स्वास्थ्यमा ६१ र यात्रामा ४९ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिनु शुभ हुनेछ भने कालो रङ प्रयोग नगर्नुहोस्।
धनु: रमणीय र सुखद यात्रा हुने योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ र साथीभाइबाट सहयोग पाइनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ भने जीवनसाथीको सल्लाहले लाभ हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेममा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८, शिक्षामा ६०, स्वास्थ्यमा ७३ र यात्रामा ५५ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्नु शुभ हुनेछ भने छलकपट नगर्नुहोस्।
मकर: भौतिक साधन जुटाउने समय छ र अधुरा काम पूरा हुनेछन्। वैदेशिक कार्य सहजै अघि बढ्नेछ र शत्रुमाथि विजय प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ र रमाइलो यात्रा पनि हुने सम्भावना छ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेममा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७, शिक्षामा ६१, स्वास्थ्यमा ७६ र यात्रामा ५५ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहनेछ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खानु शुभ हुनेछ भने सजिलै अरुको विश्वास नगर्नुहोस्।
कुम्भ: विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ र लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ र प्राविधिक क्षेत्रमा पनि प्रगति हुनेछ। राज्यबाट मानसम्मान पाइने योग छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेममा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६, शिक्षामा ६९, स्वास्थ्यमा ७७ र यात्रामा ५७ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्नु शुभ हुनेछ भने लामो यात्रा नगर्नुहोस्।
मीन: यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ र खानपानमा गडबडी हुन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल कमजोर बनाउन सक्छ। नयाँ ठाउँमा लगानी गर्नु लाभप्रद नहुन सक्छ र नजिकका व्यक्तिबाट काममा बाधा आउन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेममा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२, शिक्षामा ४८, स्वास्थ्यमा ३९ र यात्रामा ३६ सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन दिनु शुभ हुनेछ भने झूट बोल्नुभएन।
Shares

प्रतिक्रिया