नेपाल आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीलाई १८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्। भट्टराईले ११० मत पाए भने पराजित रेग्मीले ९२ मत पाए।
भट्टराई यसअघि उपाध्यक्षमा पराजित भएका थिए भने रेग्मी महासचिव थिए। महासचिवमा कमल बस्नेत निर्वाचित भएका छन्। कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छन्।
महासचिवमा अच्युत पुरी र कोषाध्यक्षमा ममता थापा पराजित भए।
उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित सर्वसम्मत भएका थिए। सदस्य अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा, सीमा तामाङ निर्वाचित भएका छन्।


129
Shares

प्रतिक्रिया