समाज


विज्ञ भन्छन्ः कोरोना भाइरसविरुद्धको खोप आउँछ नै भन्ने ग्यारेन्टी छैन

विज्ञ भन्छन्ः कोरोना भाइरसविरुद्धको खोप आउँछ नै भन्ने ग्यारेन्टी छैन

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १०:९,

एक प्रतिष्ठित बेलायती विज्ञले कोरोना भाइरसको खोप विकसित हुने ग्यारेन्टी नभएको बताएका छन्।

लन्डनस्थित इम्पेरियल कलेजका ग्लोबल हेल्थ विषयका प्राध्यापक तथा विश्व स्वास्थ्य संगठनका लागि एक दूत डेविड नाबारोले मानिसले अब भाइरससँग जुध्दै जीवन अघि बढाउने उपाय खोज्नुपर्ने चेतावनी दिएका हुन्।

‘हरेक भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित खोप विकास गर्न सम्भव हुँदैन। खोप विकासको सन्दर्भमा कुनैकुनै भाइरस एकदमै जटिल हुन्छन्,’ दि अब्जर्भरलाई अन्तर्वार्ता दिँदै प्रा. नाबारोले भनेका छन्, ‘त्यसैले भाइरससँग जुध्दै जीवनलाई अघि बढाउने तरिका हामीले खोज्नुपर्ने हुन्छ।’

‘यसको अर्थ हो, रोगको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्नुपर्ने हुन्छ। वृद्धहरुलाई भाइरसबाट जोगाउनुपर्ने हुन्छ,’ उनले थपे, ‘त्यसमाथि यस्ता बिरामीको उपचार गर्ने अस्पतालहरुको क्षमता बढाउनुपर्ने हुन्छ। हाम्रो लागि अबको सामान्य अवस्था भनेकै यही हो।’

यसअघि शुक्रबार डब्लूएचओकै नयाँ तथा पशुजन्य रोग युनिटकी प्रमुख मरिया भान कारखोवले पनि हाल विकास हुँदै गरेका एन्टीबडीले कुनै व्यक्तिलाई कोरोना भाइरसबाट प्रतिरक्षा गर्छ नै भन्ने प्रमाण नरहेको बताएकी थिइन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .