हेटौँडामा एक बालिकाका शव फेला परेको छ।
हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक निवासी कुमार थिङकी नौ वर्षीया छोरी प्रभावको शव बुधबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मंगलबार साँझ करिब ४ बजेदेखि बालिका घरबाट हराएकी थिइन्।
बालिकालाई फेला पार्न नसकेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। घरबाट झण्डै सात सय मिटर दक्षिणतर्फ राप्ती नदीमा उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ।
363
Shares

प्रतिक्रिया