समाज


नेपाल आउने विदेशीहरू अब अध्यागमनको ट्र्याकिङमा

असोज १ गतेदेखि काठमाडौँको तारे होटलमा अनिवार्य लागू
नेपाल आउने विदेशीहरू अब अध्यागमनको ट्र्याकिङमा

नेपालखबर
भदौ १७, २०८२ मंगलबार ११:३३, काठमाडौँ

सरकारले नेपाल आउने विदेशी नागरिकहरूको ट्र्याकिङ सुरु गरेको छ। अध्यागमन विभागले विदेशी नागरिकको विवरण दर्ता तथा अनुगमन प्रणाली व्यवस्थापन गर्न भन्दै उनीहरूको ट्र्याकिङ सुरु गरेको हो। 

'अन्तराष्ट्रिय दायित्व र प्रतिबद्धताहरूप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको छ' विभागको सूचनामा उल्लेख छ।

अध्यागमनले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवम् नेपाली नागरिकहरूको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन प्रशासनको प्रमुख भएकोले यस प्रणाली सुरु गरिएको जनाएको छ।

यस प्रणालीको कार्यान्वयनमार्फत् नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसोबास तथा गतिबिधीसम्बन्धी व्यवस्थित अभिलेख राखे र आपतकालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास अध्यागमनले लिएको छ। 

'सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरूबीच सूचना आदानप्रदानको प्रक्रियालाई प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ' अध्यागमनको सूचनामा भनिएको छ।

यस प्रणालीलाई पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रुपमा लागू गरिने अध्यागमनले जनाएको छ।

दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad