ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी रूपन्देहीको बुटवल उपमहानगरपालिका-१ निवासी सरिता घर्ती मगरलाई युएईमा पक्राउ गरी नेपाल ल्याइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार घर्ती मगरलाई आइतबार नेपाल ल्याइएको हो। उनी ठगी मुद्दामा संलग्न रही फरार रहेकी थिइन्।
एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८० माघ १ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।
फिर्ता ल्याइएकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा बुझाइने प्रहरीले जनाएको छ।
588
Shares

प्रतिक्रिया