काठमाडौँको चमतीबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३८ लाख ५ हजार रुपैयाँको भेपसहित तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ लिस्ती घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने वर्ष ४२ को निमा छिरिङ शेर्पा, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–४ जुबु घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने वर्ष ४० को कृष्ण बहादुर गुरुङ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ ज्यामिरे घर भई हाल पेप्सीकोला बस्ने वर्ष ५२ को राम बहादुर गुरुङ रहेका छन्।
उनीहरूले चमतीमा कोठा भाडामा लिई गोदाम बनाई विभिन्न कम्पनीका विद्युतीय चुरोट (भेप) भण्डारण गरेको प्रहरीको भनाई छ।
पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
Shares

प्रतिक्रिया