प्रदेश २ मा सबैभन्दा बढी कोरोनाको परीक्षण पर्सामा भएको छ। जिल्लामा कोरोना भाइरसको र्यापिड डायगोनेष्टिक टेस्ट (आरडिटी) परीक्षण तीब्र पारिएको छ।
प्रदेशमा शनिबारसम्म एक हजार ८३६ को परीक्षण गरिएको छ। सबैभन्दा बढी पर्साका ९२३ को परीक्षण गरिएको छ।
त्यसैगरी स्पतरीमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।
यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ। सर्लाहीको धनकौंल–५ स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ आएको छ।
उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको सचिव डा.घिमिरेले जानकारी दिए।
प्रदेशअन्तर्गत आठवटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा बसेका छन्।
Shares

प्रतिक्रिया