समाज


राजविराजबाट आउँदै गरेको बसमा भेटियो ठूलो परिमाणमा लागुऔषध, १९ वर्षे युवक पक्राउ

राजविराजबाट आउँदै गरेको बसमा भेटियो ठूलो परिमाणमा लागुऔषध, १९ वर्षे युवक पक्राउ

नेपालखबर
भदौ १५, २०८२ आइतबार १७:४, काठमाडौँ

काठमाडौँको नागढुंगाबाट १०२० एम्पुल लागुऔषध सहित १ जनालाई प्रहरीलेे नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बस्ने वर्ष १९ को रंजित मेहेता रहेका छन्।

काठमाडौँका अनुसार नागढुङ्गा स्थित चेक प्वाइन्टमा राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५४३१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग, नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मेहेताले झोला भित्र राखी लुकाइ छिपाइ गरी ल्याएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनको साथबाट डाइजेपाम ३४० एम्पुल, प्रोमेथाजाइन ३४० एम्पुल र बुप्रिनोर्फिन ३४० एम्पुल लागुऔषध बरमद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवाक्ता एसपी अपीलराज बोहराले बताए।

मेहेतालात्त प्रहरी वृत्त, थानकोटमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad