आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। सिन्धुली दुधौली नगरपालिका-१४ भौडीका तुलाराज सुनुवारले आइतबार बिहान ११:३० बजे आफ्नी आमा ६५ वर्षकी फालकुमारीलाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गर्दा मृत्यु भएको आरोप छ।
घटनास्थलमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोली र स्थानीयले भाग्दै गरेका सुनुवारलाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच घरायसी विवाद उग्र हुँदा घटना हुन पुगेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
72
Shares

प्रतिक्रिया