वर्षापछिको बाढी र पहिरोको कारण आज बिहानैदेखि देशका नौ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
राजमार्ग बन्दा हुँदा सवारी साधन बीचबाटोमै रोकिएका छन् भने यात्रुले सास्ती पाएका छन्।
आज संखुवासभाको भोटखोलास्थित कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।
त्यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग, नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्डमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ।
हेर्नुहाेस् अवरुद्ध रहेका र एकतर्फी गाडी गुडिरहेका सडक

Shares

प्रतिक्रिया