समाज


रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

नेपालखबर
भदौ ११, २०८२ बुधबार २१:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

उनीविरुद्ध महिलाले उजुरी दिएकी थिइन्। 

महिलाले उजुरी दिएपछि साइबर ब्यूरोमा हाजिर भएका उनलाई पक्राउ गरिएको ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए। 

एसपी अवस्थीका अनुसार आज अदालत लैजाने समय नभएकोले उनलाई ब्यूरोको हिरासतमा राखिएको छ। भोलि अदालत पेस गर्ने प्रहरीले जनाएको छ।

२०७९ सालमा रास्वपा प्रवेश गरेका पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad