समाज


इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १८:२९, काठमाडौँ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ घर भएका दीपक कुमार श्रेष्ठ बुधबार पक्राउ परेका हुन्।

बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो। 

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्

पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad