समाज


भारतले नेपाली सेनालाई दियो अनुसन्धानमा प्रयोग हुने २ कुकुर

भारतले नेपाली सेनालाई दियो अनुसन्धानमा प्रयोग हुने २ कुकुर

नेपालखबर
भदौ २, २०८२ सोमबार १४:०, काठमाडौँ

भारत सरकारले नेपाली सेनालाई विपद्पछिको घटना अनुसन्धानमा प्रयोग हुने दुईवटा कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ।

नेपालको दुईदिने भ्रमणमा क्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा कुकुर हस्तान्तरण गरेका हुन्।

त्यसैगरि भारत सरकारले नेपाली सेनालाई छ थान सवारीसाधन र पाँच वटा घोडा पनि प्रदान गरेको छ। 

आजै प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत राम्रो सम्बन्ध छ। 

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ। नेपाल र भारतबीच लामो  समयदेखि वार्षिकरुपमा ठूलो सङ्ख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ।

सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad