समाज


कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

नेपाली बिरामी उपचाररत अस्पताल


नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १९:५१, काठमाडौँ

कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।  

हालसम्म मृत्यु हुने २३ मध्ये १६ जनाको नेपाली राष्ट्रियता खुलेको र बाँकी भारतीय नागरिक रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले नेपालखबरलाई जानकारी दिए।  

'मृतकका विषयमा थप विवरण केही पनि सार्वजनिक गरिएको छैन। यहाँको सरकारले अनुसन्धान भइरहेको बताएको छ,' उनले भने, 'कसैको पनि नाम ठेगाना खुलाइएको छैन।'

मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्षमा रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad