समाज


विषाक्त मदिरा सेवनले कुवेतमा ६ नेपालीको मृत्यु

विषाक्त मदिरा सेवनले कुवेतमा ६ नेपालीको मृत्यु

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १२:३२, काठमाडौँ

रोजगारीका लागि कुवेत पुगेका ६ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको निधन भएको हो। 

त्यस्तै ३५ जना नेपालीको स्थानीय विभिन्न ६ वटा अस्पतालमा उपचार जारी रहेको बताइएको छ। 
विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका छन्। ६३ जनामध्ये नेपालीसहित गरेर १३ जनाको निधन भएको हो। 
 
कुवेतमा मदिरा सेवन प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।  

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको बताए। 'यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्न भनेका छौँ,' उनले भने, 'दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad