समाज


राशिफल २९ साउन : सिंहको रमणीय यात्रा, वृश्चिकको  वैदेशिक कार्य सुस्त, तपाईँको के?

राशिफल २९ साउन : सिंहको रमणीय यात्रा, वृश्चिकको  वैदेशिक कार्य सुस्त, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन २९, २०८२ बिहिबार ४:३९, काठमाडौँ

आज बिहीबार, २९ साउन २०८२ (१४ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: तपाईंको लगनशीलतालाई अरूले मन पराउनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल कामहरू पनि सम्पन्न हुनेछन्। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ र सेयर बजारले राम्रो साथ दिनेछ। दुर्गाजीलाई स्मरण गरी काम सुरु गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

वृष: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुन सक्छ। स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। साँझमा भने शुभ समाचार मिल्नेछ। शिवजीलाई स्मरण गरी काम सुरु गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ।

मिथुन: हर्ष र प्रसन्नताका बीच समय बित्नेछ। काम गर्ने जोश र जाँगर बढ्नेछ। आफन्त र मित्रको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले तपाईंको व्यक्तित्वमा निखार ल्याउनेछ। भैरवजीलाई स्मरण गरी काम सुरु गर्ने। खरानी रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट: परिश्रमअनुसार राम्रो उपलब्धि पाइनेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। असल व्यक्तिको सङ्गतले फाइदा हुने काम गरिनेछ। शिवजीलाई स्मरण गरी काम सुरु गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

सिंह: रमणीय र सुखद यात्राको योग छ। वैदेशिक काममा सफलता मिल्नेछ। सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा संयमता अपनाउनु पर्नेछ। लक्ष्मीजीलाई स्मरण गरी काम सुरु गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ।

कन्या: किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामान हराउन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैंलाई सन्तुष्टि नमिल्न सक्छ। विष्णु भगवान्‌लाई स्मरण गरी काम सुरु गर्ने। हरियो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

तुला: रोकिएका काम पुनः सुरु हुन सक्छन्। मानसिक शान्ति मिल्नेछ। सोचेका कामहरू आरामपूर्वक सम्पन्न हुनेछन्। बोलीवचनमा संयम राख्नुपर्ने देखिन्छ। लामो समयदेखि रोकिएको कामले पूर्णता पाउनेछ। गणेशजीलाई स्मरण गरी काम सुरु गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

वृश्चिक: धार्मिक एवं सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। वैदेशिक रोजगारीमा जान खोज्नेका लागि भिसा प्रक्रिया सुस्त हुन सक्छ। लक्ष्मीजीलाई स्मरण गरी काम सुरु गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

धनु: समय मध्यम खालको रहनेछ। अध्ययन र प्राविधिक काममा रुचि बढ्नेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। काम गर्ने ठाउँमा अरूले गरेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु बुद्धिमानी हुनेछ। अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

मकर: स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध आउन सक्छ र सङ्घर्षको सामना गर्नुपर्नेछ। साँझमा आफन्तसँग सम्बन्ध कायम हुनेछ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी काम सुरु गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

कुम्भ: शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ। कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। प्रेममा वैचारिक कुराकानीले सम्बन्ध बलियो बन्न सक्छ। नवग्रहलाई स्मरण गरी काम सुरु गर्ने। सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

मीन: रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। नयाँ काममा अग्रसर भइनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका कामहरू सुचारु हुनेछन्। गोप्य ढङ्गले गरिएको काममा सफलता पाउनुहुनेछ। हनुमानजीलाई स्मरण गरी काम सुरु गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad