रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ।
बहस सकिएसँगै आज आदेश आउँदै छ। उनलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने, नदिनेबारे फैसला हुनेछ।
सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ।
लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका छन्।
उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन्।
रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ (पूर्ण पाठ)
1.1k
Shares

प्रतिक्रिया