आज मङ्गलबार, २७ साउन २०८२ (१२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: तपाईँको क्रिएटिभ सोच र फरक दृष्टिकोणको सम्मान हुनेछ। मनपर्ने व्यक्तिको भरपुर साथ सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदै होला। गरेको कार्यमा सफलता मिल्नेछ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
वृष: अनलाइन प्लेटफर्मबाट फाइदा उठाउने समय छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारको लगानीबाट सफलता हात पर्नेछ। नयाँ काममा हात हाल्ने समय छ। साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
मिथुन: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ८२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
कर्कट: स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः सजग रहनु उचित हुन्छ। सिर्जनात्मक काममा फोकस हुँदा बढी फाइदा छ। यात्रा कष्टकर हुन सक्छ सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ। विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ।
सिंह: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण होलान्। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायका लागि यात्राको सम्भावना छ। सिर्जनात्मक कार्यमा लागिनेछ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ।
कन्या: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
तुला: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन वा पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
वृश्चिक: नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएको कदम निरर्थक हुन सक्छ। बोलीको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्य मापदण्ड नअपनाउँदा दु:ख पाइन सक्छ। साँझमा धनलाभ हुनेछ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।
धनु: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ला। मन मिल्ने साथीको सहयोग र हौसला प्राप्त हुनेछ। अल्झिराखेको पुरानो काम सकिँदा मन हलुका हुनेछ। स्वास्थ्यमा सुधार आउला। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
मकर: तपाईँसँग धैर्य र सौम्यता दुवै साथ छन्– राम्रो निर्णय लिन सक्नुहुन्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
कुम्भ: मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ।
मीन: किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
Shares

प्रतिक्रिया