आज सोमबार, २६ साउन २०८२ (११ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। अलंकार प्राप्ति हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
वृष: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। अतिथिका रूपमा सम्मान पाइएला। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। वाहन लाभ हुने समय छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
मिथुन: धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। दैनिक कार्यमा प्रगति हुँदै जाला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा पारिवारिक खुसीका निम्ति केही खर्च होला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
कर्कट: अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। दोधारको अवस्था सिर्जना होला। अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी बढ्न सक्छ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
भाग्यशाली रङ घ्यू रङ् र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ।
सिंह: कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राका अवसर प्राप्त हुनेछन्। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
भाग्यशाली रङ घ्यू रङ् र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
कन्या: विदेशका काम पूरा हुनेछन्। समय प्रेमिल छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
तुला: आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। साना-ठूला विवरणमा ध्यान दिने तपाईँको गुणले व्यवसायमा मजबुती ल्याउनेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।
वृश्चिक: आज सानातिना समस्यामा अल्झनुपर्नेछ। उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ। मध्य दिनपछि नयाँ र शुभ समाचार सुन्न पाइएला। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।
धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। लेखन तथा अनुसन्धानमा सफलता मिल्ला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।
मकर: आफन्तसँग रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला। पुरानो समस्या सुल्झिनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम पूरा होला, तर केही धन खर्च भने हुन सक्छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
कुम्भ: समय निकै उत्साहजनक रहनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्ला। प्रेमीको सल्लाह र सहयोग पाइनेछ। आर्थिक लाभ रहनेछ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
मीन: झुटा आरोप लाग्दा समस्या खेप्नुपर्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। राजनीति तथा समाजसेवामा जनताको साथ रहनेछ। सार्वजनिक पद धारण गरिएला। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ।
Shares

प्रतिक्रिया