कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना भएका सनसिटी अपार्टमेन्ट संक्रमित परिवारका एक जनाको पुनः परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ।
सोमबार कोरोनाको आशंकामा पाटान अस्पतालमा भर्ना भएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो भने एक जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएपछि पुनः परीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित परिवारकै बुहारीको स्वाब पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए।
उनले सोही अपार्टमेन्टमा काम गर्ने अन्य दुई जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकिएको जानकारी दिए।
Shares
प्रतिक्रिया